• २०८१ बैशाख ७ शुक्रबार

सामसुङले भुलबश लिक गर्यो ग्यालेक्सी नोट ८ , यस्ता छन् फिचर !

kharibot

काठमाडौँ । सामसुङ ग्यालेक्सी नोट ८ सार्वजनिक हुनुअगावै यसको डिजाइन तथा अन्य कुराहरुबारे खुलासा भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । 

सामसुङले ग्यालेक्सी नोट ८ बारे आफ्नो अमेरिकी वेबसाइटमा सूचना चुहावट गरेको एजेन्सीहरुले जनाएका छन् तर त्यो केही समयपछि नै हटाइएको थियो । 

उक्त चुहावटलाई हवाला दिँदै फोब्र्स, द इन्डिपेन्डेन्टलगायतले समाचार प्रकाशन गरेका हुन् । 

समाचारअनुसार सामसुङ ग्यालेक्सी नोट ८ मा हार्डवेयरलाई एकदम सूक्ष्म ढंगबाट चुस्ता बनाइनुका साथै १८.५:९ को रेसियामा ठूलो डिस्प्ले रहेको छ । 

त्यस्तै डुअल क्यामेरा, रियर फिंगरप्रिन्ट सेन्सर र बिक्सबाइ बटन लक यसका विशेषता रहेका छन् । त्यस्तै सामसुङले ग्यालेक्सी नोट ८ को इन्टरनल स्टोरेज क्षमता ६४ जीबी क्षमताको छ । यसमा माइक्रो एसडी रहनेछ । सबैलाई आश्चर्य पार्ने यो फोनको विशेषता भनेको यसको आकारमा हुनेछ । 

ग्यालेक्सी नोट ८ फोन ग्यालेक्सी ८ प्लसभन्दा ठूलो हुने जनाइएको छ । कालो, निलो, खैरो र स्वर्ण रंगमा पाइने यो फोन आधिकारिक रुपमा कम्पनीले यही अगष्टको २३ तारिखमा सार्वजनिक गर्दै छ ।

सामसुङको यो फोनले सेप्टेम्बरपछि मोबाइल प्रेमीहरुबीच लोकप्रिय हेन अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै