• २०८१ बैशाख ७ शुक्रबार

डेभिड सिल्भाको दुई गोलमा म्यानचेस्टर सिटी विजयी, उपाधिका लागि दुई जित आवश्यक  

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले १६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । 

गएराती भएको खेलमा स्टोक सिटीलाई २-० ले पराजित गर्दै लिगमा १६ अंकको स्पष्ट अग्रता हासिल गरेको हो । 

म्यानचेस्टर सिटीले यस सिजनको लिग जित्न अब दुई जित टाढा रहेको छ । लिगमा अब ८ खेल खेल्न बाँकि छदा सिटी उपाधि जितको नजिक पुगेको हो । आफ्ना प्रमुख स्ट्राइकर सर्जियो अग्युरो बिना खेलेको म्यानचेस्टर सिटी डेभिड सिल्भाको दुई गोलले विजयी भएको हो ।

सिजन २०१४-१५ मा सर्वाधिक १२ गोल गरेका सिल्भाले सिटीका लागि यस सिजनमा ८ गोल गरेका छन् । त्यस्तै म्यानचेस्टर सिटीले यस सिजनमा ३० खेलमा कुल ८५ गोल गरेको छ । प्रिमियर लिगमा पुरै सिजन सकिदा अहिलेसम्म केबल ११ टिमले मात्र ८५ गोल कटाएका छन् ।     

जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ८१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड ३० खेलमा ६५ अंक रहेको छ । त्यस्तै स्टोक सिटी भने रेलिगेशन जोनमा रहेको छ । उसको ३० खेलमा केबल २७ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै