• २०८१ बैशाख ७ शुक्रबार

उपभोक्ता हितविपरीत काम गर्ने छब्बीस व्यवसायीमाथि मुद्दा दायर

kharibot

काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने भएको छ । 

विभागले पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरिएकाम गलत गरेको पाएपछि तिनलाई कारबाही गर्न लागिएको बताएको छ । विभागले अन्यलाई पनि नवीकरण गर्न, विज्ञापनपाटी राख्न, म्याद नाघेका सामग्री बिक्रीवितरण नगर्न र व्यवसाय दर्ता नगर्न निर्देशन दिएको छ । 

यसैबीच विभागले आगामी चैत १ गते अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मूल समारोह समितिका संयोजक कुमारप्रसाद दाहालका अनुसार दिवस मनाउने क्रममा काठमाडौँ उपत्यकाका लगनखेल, माइतीघर, भृकृटीमण्डप, बालाजु, चाबहिल, महारागञ्ज, मैतीदेवी, बानेश्वर, कलंकी, सुन्धारा र कोटेश्वरमा उपभोक्ता जागरण कार्यक्रम गरिएको छ । 

संयोजक दाहालले उपभोक्तालाई सचेत भएर सामग्री उपभोग गर्न आग्रह गर्नुभयो । केही समयअघि चाडबाडका समयमा मात्र बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय नियमित रुपमा गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै