• २०८१ बैशाख ८ शनिबार

संविधान संशोधन हुनुपर्छ, हामी अहिले सरकारमा जाँदैनौं : महेन्द्र राय यादव

kharibot

काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरुको मुख्य मुद्दा भनेको नै संविधान संशोधन भएकोले सो नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् । 

यादवले यो सरकारसँग विश्वास र भरोसा भएकोले विश्वासको पक्षमा मत दिएका बताए ।

रिपोटर्स क्लबको कार्यक्रममा बोल्दै यादवले २ नम्बर प्रदेशको सरकार गठनमा एमाले र माओवादीले आफूहरुलाई समर्थन गरेकोले र आफूहरुको मुद्दा दुई तिहाईबाट संविधान संशोधन गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मत दिएको जिकिर गरे । 

यादवले संविधान संशोधनको लागि सरकारले अविलम्ब वातावरण बनाउनुपर्ने बताए । उनले भने,‘पहिला हाम्रा समस्याहरु समाधान गर्नुपर्छ, हामी अहिले सरकारमा जान तयार छैनौं।’ विगतका तितामिठा कुराहरु छोडेर अब संविधान संशोधन गर्दै मुलुकमा यो संविधान हामी सबैको हो भन्ने वातावरण बनाउने बेला आएको उनको तर्क थियो । उनले थपे,‘यो वातावरण बनाउनको लागि सरकारको कोर्टमा बल छ।’

त्यस्तै उनले कैलालीमा भएको बोक्सीको आरोपमा कुटपिटको घट्नामा दोषीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताए । उनले भने,‘दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ, यसको लागि हामीले सरकारको ध्यानाकार्षण गराएका छौं।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै