• २०८१ बैशाख १३ बिहीबार

बजनी हत्या काण्ड : सिमरामा प्रहरी र स्थानीवासीबीच हानाहान

kharibot

बारा । बजनी हत्या काण्डको बिषयलाई लिएर बाराको सिमरामा प्रहरी र स्थानीयवासी बिच सोमवार झडप भएको छ । 

अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय सिमराले वडा नम्बर ६ का स्थानीय समसुल मियाँलाई नियन्त्रणमा लिएर ल्याए पछि सोमवार विहान स्थानीवासी प्रहरी कार्यालय पुगेका थिए । 

प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष क्यामुदिन अंसारीको नेतृत्वमा स्थानीयवासी प्रहरी कार्यालय पुगेका थिए । प्रहरी कार्यालयमा पुगे पछि स्थानीयवासीले समसुल निर्दोश रहेको भन्दै छाडि दिन आग्रह गरेका थिए । 

तर, प्रहरीले भने सामान्य अनुसन्धानको लागी मात्र बोलाईएको भन्दै अनुसन्धान सकिए पछि छाडि दिने बताएको थियो । अनुसन्धानको बिषयलाई लिएर सामान्य भनाभन भएको केहि बेर मैं ईलाका प्रहरी कार्यालय सिमरा अगाडी प्रहरी र स्थानीयवासी बिच झड्प भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

झडपमा परि वडा अध्यक्ष सहिँत केही स्थानीयवासी र प्रहरीहरु घाईते भएका छन् । स्थानीय मध्ये वडा नं.६ की वर्ष २५ की सोनम खातुनलाई प्रहरीले गरेको लाठी चार्जबाट गम्भीर चोट लागेको छ । 

झड्पमा गम्भीर चोट लागेर अचेत भएकी सोनमलाई स्थानीयहरुले उद्दार सिमराको अल्पाईन् हस्पिटलमा उपचारको लागि पु¥याएका थिए र अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

यता समसुललाई अनुसन्धानका लागि सार्वजनिक मुद्दामा दश दिने म्याद थमाईएको छ । प्रहरीले समसुलाई वडा नं.६ सिधरियाटोल स्थित निज निवासबाट शनिवार पक्राउ गरेर अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक भुवन भट्टले बताएका छन् ।

दुबै समुँहको झड्पमा स्थानीय र तीन जना प्रहरी जवानहरु पनि घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय सिमराका महिला प्रहरी जवान विष्णु कुमारी कार्की र प्रहरी जवानहरु बखत बहादुर खड्का , तेज बहादुर चौहान रहेका छन् । उनीहरुको पनि अल्पाईन् हस्पिटलमा प्रार्थमिक उपचार पछि फर्किएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै