• २०८१ बैशाख ७ शुक्रबार

हङकङद्वारा नेपाललाई १५४ रनको लक्ष्य 

kharibot

काठमाडौँ । आसीसी विश्वकप छनौट अन्तर्गतको आज भएको खेलमा हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ  ।  

टस जितेर पहिला ब्याटिंग गरेको हङकङ ४८.२ ओभरमा १५४ रन बनाउदै अल आउट भएको थियो  ।  

हङकङका लागि निजाकत खानले ४७ रन बनाएका छन् भने एह्शान खानले २१ र बबर ह्यातले २० रन बनाएका थिए ।

त्यस्तै नेपालका बलरले आज तुलनात्मक रुपमा राम्रो बलिङ गर्दै हङकङलाई अल आउट गरेको छ  ।  नेपालका लागि सन्दीप लामीछानेले ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ र सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका छन्  । 

नेपालले आफ्नो जवाफी ब्याटिंग गर्दै छ  

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस्              

 

नोट: म्याच रेफ्रीले हङकङ १५३ रनमा अलआउट भएको कन्फर्म गरेकाले सच्याइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै