• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली विमान दुर्घटना स्थलमा, गृहमन्त्रीले पनि दिए उद्धारमा लाग्न निर्देशन  

kharibot

काठमाडौं । युस बंगलाको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको यस बंगलाको विमान अवतरणका क्रममा दुर्घटना परेको हो । उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् । 

यसअघि गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिएका थिए । 

गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका थिए । 

दिउँसो १४:२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै