• २०८१ बैशाख ७ शुक्रबार

इन्भेष्टमेण्ट बैंकको पृथ्वी रेमिट र दक्षिण कोरियाको इ९पेबीच रेमिट्यान्स कारोबार सम्झौता 

kharibot

काठमाडौँ । दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक (पृथ्वी रेमिट) र दक्षिण कोरियास्थित इ९पे कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौताभएको छ ।

यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी इ९पेको मोबाइल एप प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । इ९पेको मोबाइल एप प्ले स्टोरबाट मोबाइलमा इन्स्टल गर्न सकिन्छ । साथै इ९पेको दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिन्छ । 

इ९पे मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित नेपालइन्भेष्टमेन्ट बैंक लि.को खातामा तुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथा विकास बैंकको खातामा पनि रकम जम्मा गर्न सकिन्छ । 

इ९पे मार्फत पठाएको पैसा नेपालइन्भेष्टमेण्ट बैंकको रेमिट्यान्स सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ  । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ । 

देशकाविभिन्न ठाउँमा रहेका ६६ वटा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखा र ९८ वटा एटिएम मार्फत आफ्नो सेवादिइरहेको नेपालइन्भेष्टमेण्ट बैंक लि.र दक्षिण कोरियास्थित इ९पेबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सिस बैंक र अमेरिकाको पेपलसँग पनि रेमिट्यान्स सम्झौता गरि कारोवार सुरु गरिसकेको छ ।

साथै नेपाल इन्भेष्टमेण्ट बैंकले पृथ्वी रेमिटमार्फत रकमभुक्तानीगर्न साउदी अरेबियामा बैंक अल्बिलाड, यूएईमा युएई एक्सचेन्ज, वाल स्ट्रिट एक्सचेन्ज र अल अहलिया एक्सचेन्ज, कतारमा सिटी एक्सचेन्ज र गल्फ एक्सचेन्ज र यूरोप तथा अन्य मुलुकवाट सेवादिन ट्रान्सफास्ट रेमिट्यान्ससँग सहकार्य गर्दै आएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै