• २०८१ बैशाख ८ शनिबार

जीतपुरसिमराका चार वटा वडा खुला दिसामुक्त

kharibot

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका चार वटा वडालाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ ।

सिमरामा आयोजित एक कार्यक्रमका बिच उपमहानगरको वडा नम्बर १ , २ , ३ र ४ नम्बर वडालाई खुला दिसामुक्त वडा घोषणा गरिएको हो । 

चार वटै वडाका सबै घर र सार्वजनिक स्थानमा शौचालय निर्माण गरिए पछि बारा जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले खुल्ला दिसामुक्त वडा घोषणा गरेको हो । 

समितिले तयार पारेको घोषणा पत्र पढेर सुनाउँदै प्रदेश २ का सदस्य सुन्दर बिश्वकर्माले चार वटा वडालाई खुला दिसामुक्त वडा घोषणा गरेका थिए । घोषणा सभामा बोल्दै बिश्वकर्माले स्वस्थ जनशक्ति बिकास र समृद्धिको आधार रहेको भन्दै उपमहानगरले स्वच्छ नगर निर्माणका लागि थालेको अभियानको प्रशंसा गरे । 

बिश्वकर्माले स्थानिय तहको निर्वाचन पछि जीतपुरसिमरा उपमहानगरले बिकास निर्माण र समृद्धिको कामसँगै स्वच्छताको अभियान सञ्चालन गरेर सराहनिय कार्य गरेको बताए । 
प्रदेश सभा सदस्य बिश्वकर्माले उपमहानगर भित्रका सबै वडामा यस्तो अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खुला दिसामुक्तको अभियानलाई अघि बढाउँन आग्रह गरे । उनले खुला दिसामुक्त बनाउँने उपमहानगरको अभियानलाई सहयोग गर्न नगरबासीलाई आग्रह गरे । 

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सल्लाहकार विजयनारायण मानन्धरले उपमहानगरलाई स्वच्छ र खुल्ला दिसाुमक्त बनाउँने अभियान अन्तर्गत पहिलो चरणमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको चार वटा वडालाई बधाई ज्ञापन गरेका थिए । सांगितिक प्रस्तुती समेत दिएका प्रजिअ मानन्धरले खुल्ला दिसामुक्त जिल्लाको रुपमा अघि बढाउँनका निम्ति सबै स्थानिय तहले यस्तो अभियानलाई अघि बढाउँनु पर्ने बताए । 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख एवम् उपमहानगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष डा.कृष्ण पौडेलले खुला दिसामुक्त घोषणा पछि चार वटा वडाका नगरबासीले पालना गर्नु पर्ने आचारसंहिता पढेर सुनाएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख डा.पौडेलले चैत्र मसान्त सम्म उपमहानगरका सबै वडालाई खुला दिसामुक्त वडा घोषणा गर्ने अभियान सहिँत अघि बढिरहेको बताए । 

नगर प्रमुख डा.पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका थिए । भने नगर उपप्रमुख सरस्वती चौधरीले स्वागत मन्तब्य राखेकी थिईन् । 

कार्यक्रममा प्रहरी उपरिक्षक राजकुमार बैदवार , सशस्त्र प्रहरी उपरिक्षक बेनुप्रसाद पाठक , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय बाराका प्रहरी उपरिक्षक उत्तम खनाल , जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख सन्तोषकुमार श्रेष्ठ , जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य , नगर सभा सदस्य , समाजसेवी दिनेश राई , राजन पौडेल , कृष्ण खनाल , छविलाल शर्मा , जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बाराका स्रोत व्यक्ती गोपिलाल भगत , अन्तराष्ट्रिय दातृनिकाय युएनह्याबिट्याटका जिल्ला संयोजक ईन्फो प्रतिनिधि अजयलाल नकर्मी लगायत विभिन्न संघ संस्था , टोलबिकास संस्था प्रतिनिधिको उपस्थिती रहेको थियो । 

कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राले सांगितिकि प्रस्तुती दिएका थिए । कार्यक्रममा उपमहानगरले खुला दिशामुक्तको अभियान सफल बनाउँन सक्रिय कर्मचारी र सहयोगी संघ संस्थालाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण ईन्फोका जिल्ला संयोजक केदार कोईरालाले गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै