• २०८१ बैशाख ५ बुधबार

सर्टिफिकेट धितो राखि लोन लिने व्यवस्था तत्काल अगाडि बढाउन माग

kharibot

बाँके । स्ववियु जन सिद्देश्वर बहुमुखी क्याम्पसको आयोजनामा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेविसंघका अध्यक्ष नैन सिंह महरले  पैसाको अभावमा कुनै पनि बिद्यार्थिले उच्च शिक्षा अध्ययनगर्न बन्चित हुनु हुदैन भनेर दसकौ देखि नेविसंघले उठाएको सर्टिफिकेट धितो राखी लोनको व्यवस्था नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वमा भएको सरकारले अगाडि बढाएकाले अहिलेको सरकारले तत्काल लागु गर्नुपर्ने माग गरेका छ्न ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस बाके क्षेत्र न १ का सभापति माधब राम खत्रीले क्याम्पस विकाशका लागि सबै स्थानिय तह र नेविसंघ केन्द्रीय नेतृत्वले पहल गर्न अनुरोध गरेका थिए ।

कार्यक्रमका अर्का विशिष्ट अतिथी नेविसंघका सहमहामन्त्री एव प्रवक्ता प्रेम राज जोशिले सिद्देश्वर क्याम्पसलाई नमुना क्याम्पसका रुपमा विकाश गर्न प्रशासनमा चुस्तता,व्यवस्थापन समितिको पहलकदमी र विद्यार्थीको कृयाशिलता आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु कुमारी थारु, राप्ती सोनारी गाउपालिकाका उपप्रमुख धनि देवि खत्री,नेविसंघका केन्द्रीय सदस्यहरु तारक केसि,सुवाश कठायत नेविसंघका सल्यान र बाँकेका  जिल्ला अध्यक्षहरु क्रमशः प्रकाश भन्डारी र पुर्ण आचार्य लगाएतले  सहभागिता जनाउदै सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै