• २०८१ बैशाख ४ मंगलबार

‘तिमीसँग’ को ट्रेलर सार्वजनिक, आकाश र नाजीर कसकी होलिन् सम्राज्ञी ?

kharibot

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

यस अघि २ गीत सार्वजनिक भैसकेको यस फिल्मको ट्रेलरमा समावेश लोकेशन, छायांकन उत्कृष्ट देखिएको छ भने ट्रेलर हेर्दा फिल्म रोमान्स, प्रेम, विछोडको त्रिकोणीय कथा रहेको बुझ्न सकिन्छ ।

ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेताद्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको त्रिकोणीय प्रेम देखाइएको छ । कलाकार शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । 

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।  

विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ । ट्रेलरमा साम्राज्ञी कसकी हुन्छिन् त्यो भने सस्पेन्समा राखिएको छ । नाजिर कमेडी शैलीमा देखिएका छन् । 

यस अघि साम्राज्ञी अभिनीत फिल्म 'ए मेरो हजुर २' सुपर हिट भएका कारण उनि अभिनित यो फिल्म पनि हिट हुनसक्ने देखिन्छ । 

ड्रिम र ए मेरो हजुर-२ पछि 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । उक्त फिल्म चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै