‘तिमीसँग’ को ट्रेलर सार्वजनिक, आकाश र नाजीर कसकी होलिन् सम्राज्ञी ?

खरीबोट
ad

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

यस अघि २ गीत सार्वजनिक भैसकेको यस फिल्मको ट्रेलरमा समावेश लोकेशन, छायांकन उत्कृष्ट देखिएको छ भने ट्रेलर हेर्दा फिल्म रोमान्स, प्रेम, विछोडको त्रिकोणीय कथा रहेको बुझ्न सकिन्छ ।

ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेताद्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको त्रिकोणीय प्रेम देखाइएको छ । कलाकार शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । 

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।  

विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ । ट्रेलरमा साम्राज्ञी कसकी हुन्छिन् त्यो भने सस्पेन्समा राखिएको छ । नाजिर कमेडी शैलीमा देखिएका छन् । 

यस अघि साम्राज्ञी अभिनीत फिल्म 'ए मेरो हजुर २' सुपर हिट भएका कारण उनि अभिनित यो फिल्म पनि हिट हुनसक्ने देखिन्छ । 

ड्रिम र ए मेरो हजुर-२ पछि 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । उक्त फिल्म चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।


सम्बन्धित समाचार

साम्राज्ञी र आकाशको ‘तिमीसँग’ को शिर्ष गीत सार्वजनिक, फिल्म चैत्र २३ गते रिलिज हुने

काठमाडौं । नेपालको हिमाली भेगमा छायांकन गरिएको फिल्म ‘तिमीसँग’को शीर्षगीत सार्वजनिक भएको छ । आगामी चैत्र २३ गतेबाट रिलिज हुने फिल्मको शीर्ष गीतमा आकाश श्रेष्ठ र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय

‘तिमीसँग’ को ट्रेलर सार्वजनिक, आकाश र नाजीर कसकी होलिन् सम्राज्ञी ?

काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  यस अघि २ गीत सार्वजनिक भैसकेको यस फिल्मको ट्रेलरमा समावेश लोकेशन, छायांकन उत्कृष्ट देखिएको छ

ट्रम्पको किमलाई जवाफ-‘तिमीसँगभन्दा शक्तिशाली न्युक्लियरको स्विच मेरो हातमा छ’

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनले न्युक्लियर हतियारको स्विच आफ्नो डेस्कमा भएको भनाइको जवाफ दिएका छन् ।  ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत किमसँग भन्दा ठुलो र

चैत २३ मा रिलिज हुने भयो साम्राज्ञीको ‘तिमीसँग’ 

काठमाडौँ ।  अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म 'तिमीसँग' अब चैत २३ गते प्रदर्शनमा आउने भएको छ । यस अघि भाद्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म