एउटै विद्यालयमा दुई प्रधानाध्यापक

खरीबोट
ad

फलेवास, पर्वत ।  शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन् । 

जिल्लाको कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट्टा–छुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर गएका थिए । तर विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाई काम गराउन नसकिने र हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो । 

पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुन भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुन् । पौडेलले यसअगाडि नै ०६८ सालबाट तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गरेका थिए । उनीमाथि आर्थिक हिसाब–किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गरेनन् ।

क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालय पर्वतले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । क्षेत्रीको पक्षमा समितिमा बहुमत छ । विद्यालयमा दुवै प्रअले कार्य सम्पादन गर्दै आएका छन् । 

सम्बन्धित समाचार

पर्वतमा भएको बायोब्रिकेट उद्योेग तीन वर्षदेखि बन्द

पर्वत । कुनैबेला लाखौँ रुपैयाँको लगानीमा सञ्चालन गरिएका बायोब्रिकेट उद्योग अहिले अलपत्र अवस्थामा छ ।  विगत आठ वर्षअघि स्थापना गरिएको जिल्लाको एकमात्र बायोब्रिकेट उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । जंगलमा

पर्वतमा बस दुर्घटना हुँदा १४ घाइते

फलेवास । पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।  बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार

प्रभु बैंकको नयाँ शाखा पर्वतमा 

काठमाडौं । प्रभुु बैंकले पर्वतमा पनि शाखा खोलेको छ । बैंकले संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ पर्वत जिल्लाको विहादी गाउँपालिका

पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने

फलेवास, पर्वत । पर्वतका सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिने भएको छ ।  प्राकृतिक विपत्तिका कारण आइपर्ने घटनामा पीडितलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गर्न लागिएको हो

Loading...

Loading...