• २०८१ बैशाख ७ शुक्रबार

बर्नमाउथमाथि टोटनह्यामको सहज जित, ह्यारी केन घाइते 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगमा टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले पराजित गर्दै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिएको हो । 

टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । 

खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि टोटनह्यामले खेलमा पुनरागमन गर्दै ४ गोल गर्न सफल भयो । खेलको ३५औं मिनेटमा बामीदेले अलीले गोल गरी पहिलो हाफमा १-१ गोलको बराबरी गरेका थिए ।

दोस्रो हाफमा खेलको ६२औं र ८७औं मिनेटमा सोन हुइङ मिनले गोल गरे भने खेलको ९१औं मिनेटमा सर्जी औरियरले गोल गरेका थिए ।

यस खेलमा टोटनह्यामका स्ट्राइकर ह्यारी केन घाइते भएका छन् । खेलको ३०औं मिनेटमा बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिकसँगको ट्याकलपछि उनको गोलीगाँठामा चोट लागेको छ । थप जांचपछि मात्र चोटबारे जानकारी हुने टोटनह्यामले जनाएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै