बर्नमाउथमाथि टोटनह्यामको सहज जित, ह्यारी केन घाइते 

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिगमा टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले पराजित गर्दै टोटनह्याम अंक तालिकामा एक स्थान माथि उक्लिएको हो । 

टोटनह्यामको लिगमा ३० खेलबाट ६१ अंक भएको छ भने समान खेलबाट ६० अंक रहेको लिभरपुल चौथो स्थानमा झरेको छ । 

खेलको सातौं मिनेटमै जुनियर स्टानिलासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि टोटनह्यामले खेलमा पुनरागमन गर्दै ४ गोल गर्न सफल भयो । खेलको ३५औं मिनेटमा बामीदेले अलीले गोल गरी पहिलो हाफमा १-१ गोलको बराबरी गरेका थिए ।

दोस्रो हाफमा खेलको ६२औं र ८७औं मिनेटमा सोन हुइङ मिनले गोल गरे भने खेलको ९१औं मिनेटमा सर्जी औरियरले गोल गरेका थिए ।

यस खेलमा टोटनह्यामका स्ट्राइकर ह्यारी केन घाइते भएका छन् । खेलको ३०औं मिनेटमा बर्नमाउथका गोलरक्षक अस्मिर बेगोभिकसँगको ट्याकलपछि उनको गोलीगाँठामा चोट लागेको छ । थप जांचपछि मात्र चोटबारे जानकारी हुने टोटनह्यामले जनाएको छ ।
 
 

सम्बन्धित समाचार

म्यानचेस्टर युनाइटेड ब्रिङ्गटनसँग पराजित

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड ब्रिङ्गटनसँग पराजित भएको छ। गएराती ब्रिङ्गटनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ३-२ गोल अन्तरले पराजित भएको हो। पहिलो खेलमा जित हासिल गरेको

म्यानचेस्टर सिटीको जितमा अग्युरोको ह्याट्रिक

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई पराजित गरेको छ।  सिटीले हडर्सफिल्ड टाउनलाई ६-१ गोल अन्तरले पराजित गरेको हो।  सिटीको जितमा अर्जेन्टिनी खेलाडी सर्जियो अग्युरोले ह्याट्रिक गरेका थिए। अग्युरोको

प्रिमियर लिगमा एभर्टन र लेस्टर विजयी

काठमाडौँ। इङलिश प्रिमियर लिगमा एभर्टनले साउथहम्पटनलाई पराजित गरेको छ।  गएराती भएको खेलमा एभर्टनले २-१ गोल अन्तरले साउथहम्पटनमाथि जित हासिल गरेको हो। एभर्टनको जितमा थियो वालकट र रिचार्लिशनले गरेका थिए। त्यस्तै

टोटह्यामद्वारा फुलह्याम पराजित, केनले अन्तत: गरे अगस्ट महिनामा गोल 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तगर्त टोटह्यामले फुलह्यामलाई पराजित गरेको छ।  शनिबार भएको खेलमा टोटनह्यामले ३-१ गोल अन्तरले पराजित गरेको हो।   टोटह्यामको जितमा लुकास मौरा, किएरन टिप्पर र ह्यारी केनले गोल