वेद नै विज्ञानको मूल स्रोत

खरीबोट

काठमाडौँ । वेदका पुरुष सूक्त, हिरण्यगर्भ सूक्त, नासदीय सूक्त, शून्यको सिद्धान्त, शुल्बसूत्र नै आधुनिक विज्ञानको मूल स्रोत रहेकामा विद्वानहरुले जोड दिएका छन् । 

कुलचन्द्र–जनार्दन अध्ययन मण्डलले आज यहाँ आयोजना गरेको कार्यक्रममा भाषाविज्ञानका प्रा डा लक्ष्मीप्रसाद खतिवडाले संस्कृत वाङ्मयका विज्ञानसम्बन्धी मूलभूत अवधारणालाई पश्चिमाले उपयोग गरेर आफ्नै नाम दिएको बताए । 

‘नेपाली संस्कृतिको ठूलो भाग संस्कृत वाङ्मयमा अडिएको छ, संस्कृत वाङ्मयलाई कर्मकाण्डी धारको स्रोतकेन्द्र मात्र मान्न हुँदैन, वेद, ब्राह्मणग्रन्थ, उपनिषद्, आरण्यक कर्मकाण्डको मात्रै होइन विज्ञान र दर्शनको पनि स्रोत हो, विज्ञान र दर्शनशास्त्र पढ्नेले वेद पढ्नु हुँदैन भन्ने मान्यताले हामी यसमा पछि परेका छौँ’ – उनले भने । 

प्राचीन र मध्ययुगीन नेपाल दर्शन शास्त्रको स्रोत थियो । हिमवत्खण्ड वा नेपाल भनेर चिनिएको यो भूभाग दार्शनिक अवधारणाको स्रोतभूमि रहेकामा नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभागका पूर्वप्रमुख विष्णु प्रभात, अन्तरधार्मिक परिषद्का अध्यक्ष केशवप्रसाद चौलागाईं, कानूनविद् रवीन्द्र भट्टराई, साहित्यकार रघु अधिकारीलगायतले जोड दिए । 

वैदिक वाङ्मयभित्र लुकेको ज्ञान विज्ञान अध्ययन अध्यापनको कमीले पछिल्लो पुस्ता आफ्नै भूमिको ज्ञानप्रति अन्धकारमा रहेको सो अवसरमा जानकारी गराइयो । वेद आधुनिक विज्ञानको स्रोत हो भन्ने विषयमा आफूले गरेको अनुसन्धान मुख्य विषय प्रस्तुतिका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलगायत संस्थालाई अनुरोध गरेको डा खतिवडाले बताए । 

सो कार्यक्रममा वैज्ञानिक र संस्कृृृतका विज्ञलाई पनि आमन्त्रण गर्न अनुरोध गरिएको कार्यक्रममा जानकारी गराइयो ।

सम्बन्धित समाचार

वैज्ञानिकहरुले पत्ता लगाए १३ बिलियन वर्ष पुरानो स्याटेलाइट ग्यालेक्सी

चारवटा साना तारामण्डलहरुले मिल्कीवेको परिक्रमा गरिरहेको फेला परेपछि वैज्ञानिकहरुले यसलाई ब्रह्माण्डकै पुरानो तारामण्डल भएको दाबी गरेका छन् । खगोलविद्हरुले उक्त ससाना तारामण्डललाई १३ बिलियनभन्दा बढी वर्ष पुरानो र बिगब्यांग (महाविष्फोटन)पछि

कृषि तथा वन विज्ञान विश्वविद्यालयको निजी सम्बन्धन खारेजीको माग

काठमाडौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका प्राध्यापकहरुले निजी कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय खारेजीको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।  विश्वविद्यालय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग

सुर्खेत /  कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज

जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

ललितपुर / जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ ।  खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको