प्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदले दिए मत 

खरीबोट
ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाई मत पाएका छन् ।

प्रतिनिधिसभामा विस्वासको मत लिदै उनलाई संसदका २०८ सांसदले मत दिएका छन् । उनको विपक्षमा ६० मत परेको छ । जसमा नेपाली काँग्रेसले प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

संसदको बैठकमा कुल २६८ सांसद उपस्थित रहेका थिए । जसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा २०८ र विपक्षमा ६० मत परेको थियो ।

संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्तिले मत नदिने भने पनि नयाँ शक्तिका सांसद डा बाबुराम भट्टराई बैठकमा उपस्थित थिएनन् ।

दुई तिहाई मत प्राप्त गरेसँगै प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । संसदको बैठकमा मतदान गरेर विश्वासको मत लिइएको थियो ।

विश्वासको मतदान हुनुअघि प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै सबै मिलेर देशलाई आर्थिकरुपमा सम्पन्न बनाउनु पर्नेमा जोड दिएका थिए । प्रधानमन्त्री ओलीले आफुले देशका लागि राम्रो गर्ने, तर गर्न नसके नारामो भने नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

काँग्रेसका सांसदहरुलाई व्यंग गर्दै प्रधानमन्त्री ओलीले ड्राइभर, घरमा काम गर्नेले पनि तपाइँहरुलाई केपी ओलीलाई भोट दिनु भयो की भएन भनेर सोध्नेछन् भन्दै दलगत हिसाबले नमिलेको भएपनि तपाईलाई आफ्नै मनले किन भोट नदिएको भनेर सोध्ने भन्दै आफुलाई मत दिन आग्रह गरेका थिए ।

  
 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली जम्बो टोलीसहित चीन प्रस्थान

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका क्रममा आज चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चार मन्त्रीसहित बिहान साढे ८ बजे हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन गएका हुन्

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जादै 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।  प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री

चीन भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा संसदलाई जानकारी 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । सोमबार संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारपूर्णरुपमा सुशासन र विकासमा केन्द्रित हुने बताएका छन् । संघियता

चीनको ‘डेब्ट डिप्लोमेसी’ र प्रधानमन्त्री ओलीको चीन भ्रमण 

काठमाडौं । प्रधानमन्त्री ओली मंगलबार पाँचदिने चीन भ्रमणका लागि बेइजिङ जानलागेका छन् । भ्रमणलाई लिएर विविध पक्षबाट विविधखाले टीकाटिप्पणी सुरु भइसकेको छ । खासगरी ओलीको चीन भ्रमणलाई भारतले शंकास्पद रुपमा पक्कै