• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनाले २१ बर्षिय ब्राजिलियन प्लेमेकर अर्थरलाई भित्रायो

kharibot

काठमाडौँ । बार्सिलोनाले ब्राजिलका २१ बर्षिय मिडफिल्डर अर्थर मेलोलाई भित्राउने भएको छ । 

हाल ब्राजिलको क्लब ग्रेमिओबाट खेलिरहेका अर्थरलिया बार्सिलोनाले ३० मिलियन युरोमा भित्राउन लागेको हो साथै उनलाई अतिरिक्त ९ मिलियन बोनस पनि दिने बार्सिलोनाले जनाएको छ । उनि आगामी जुलाईदेखि मात्र बार्सिलोनामा आउने छन् ।

गत जनवरीमा ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्होलाई भित्राएको बार्सिलोनाले फेरी अर्को ब्राजिलियन युवा प्लेमेकरलाई भित्राएको छ । 

ग्रेमिओलाई २०१७ मा कोपा लिबेरटाडोरेसको फाइनलमा पुर्याउन भूमिका खेलेका अर्थर त्यति बेला देखि चर्चामा आएका थिए । उनले सो खेलमा शतप्रतिशत बल पास गर्दै एक गोल पनि गर्दै क्लबलाई उपाधि जिताएका थिए । उनलाई बार्सिलोनाका लिजेण्ड मिडफिल्डर आन्द्रे इनेस्टासँग तुलाना गरिएको छ ।

अर्थरलाई प्रिमियर लिग क्लब चेल्सी, ला लिगा क्लब एथलेटिको म्यदरी ले पनि भित्राउने प्रयास गरेका थिए ।

२०१६ देखि गेमिओमा खेलका अर्थरले कुल ४८ खेल खेल्दै २ गोल गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै