काठमाडौँ । बिहानै उठेर तपाई जे खाने कुरा पहिला देख्नुहुन्छ के त्यहि खानुहुन्छ ? यदी यसो हो भने तपाई ठुलो भुल गर्दै हुनुहुन्छ ।
हतारमा आएर कयौं पटक हामी यस्तो गल्ती गरेर बस्छौ र खाली पेटमा जे पनि खान्छौ । यसरी खानाले हाम्रो पुरै पाचन प्रणालीमा नराम्रो असर पर्न सक्दछ । एसिडिटी, ग्याँस र चिसो जस्ता समस्या देखा पर्न सक्छ ।
यस्ता छन् खाली पेटमा नोक्शान पुर्याउन सक्ने खानाहरु :
कफीले खराब हुन सक्छ पुरै दिन
बिहानै उठेर कफी को बिना तपाईको काम सुरु हुदैन भने तपाईको यो बानी बदल्नु जरुरी छ । किनभने यसले एसिडिटि हुन सक्छ । छातीमा जलन हुन सक्छ र खाना पनि डाइजेस्ट हुदैन् । कफीले ग्याँस्टिक बढाउछ र खाएको कुरा पच्न पाँउदैन् । यसले हाइड्रोक्लोरीक एसिड बढाउन सहयोग गर्छ । जसले तपाईको ग्याँस्टिक बढाउछ ।
पराठाले बढाउछ एसिड
के तपाई बिहान बिहानै केही नखादै पराठा खान मन पराउनुहुन्छ ? तपाईको यस्तो बानीले तपाईलाई दर्द बढाउन सक्छ । किनभने खाली पेटमा मिर्च मसलाले तपाईको पेटमा लाइनिंग को प्रभावित गर्छ जसले पाचन प्रणाली खराब हुनुको साथै एसिडिटि हुन सक्छ ।
केरा खाली पेटमा नखाने
तपाई बिहान बिहानै केरा खाएर धेरै पोषक तत्व पाउने सोच्दै आनन्द महशुस गर्नु भएको हुन सक्छ । यद्यपि खाली पेटमा केरा खानु भयो भने तपाईको हार्टमा नोक्शान पुग्न सक्छ । केरामा म्याग्नेसियम र पोटासियम प्रयाप्त मात्रामा हुन्छ र यसलाई खाली पेटमा खानाले ब्लडस्ट्रीममा यसको मात्रा बढ्न जान्छ र यसले तपाईको मुटुलाई प्रभावित पार्न सक्छ ।
टमाटरले अल्सर हुन सक्छ
केही मान्छेहरु टमाटरको पोषक तत्व देखेर बिहानै टमाटर खान थाल्छन् ।यसमा टनिक एसिडको मात्रा धेरै हुन्छ । जसले तपाईलाई एडिसिटि तथा अल्सर हुन सक्छ । काँक्रो पनि खाली पेटमा पचाउन मुस्किल हुन्छ । र खाली पेटमा काँच्चो सब्जी नखानु नै राम्राने हुन्छ ।