प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाए दुई तिहाई मत 

खरीबोट
ad

रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदबाट दुई तिहाई बहुमत पाएका छन् ।

आईतवार बसेको प्रदेश सभा बैठक मुख्यमन्त्री पोखरेललाई नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले समर्थन गर्दै उनको पक्षमा मत दिएका छन् ।

पोखरेलले एमालेका ४१, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनमोर्चाका १ गरी कुल ६६ मत पाएका छन् । विपक्षमा भने नेपाली कांग्रेसको १८ मत मात्र परेको छ । १९ सांसद रहेको विपक्षी दल नेपाली कांग्रेसका एकजना सांसद अनुपस्थित थिए ।

गत फागुन ३ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मुख्यमन्त्री बनेको २४ दिनपछि विश्वासका मत पाएका छन् ।

 

सम्बन्धित समाचार

प्रदेश ५ को २८ अर्ब ९ करोड ३ लाखको बजेट सार्वजनिक (पूर्ण पाठ)

काठमाडौँ ।  प्रदेश ५ को सरकारले २८ अर्ब ९ करोड ३ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्रीको समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार चालु खर्च तर्फ ११ अर्ब ४६ करोड

प्रदेश ५ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित 

रुपन्देही । प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ ।  प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रदेश ५ मा जनप्रतिनिधिको तलब तोकियो, कसले कति पाउने भए ?

बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।  प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक

प्रदेश ५ मा संसद् विकास कोष नआएकामा सांसदहरुको असन्तुष्टि

बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले चालु आर्थिक वर्षको नीति कार्यक्रमले समेटेका विषय कार्यान्वयनमा कठिनाइ हुने हो कि भनी आशंका व्यक्त गरेका छन् ।  प्रदेशसभा बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुतिलगत्तै