• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा ३१ अंकको उच्च गिरावट : सुचक तथा कारोवार रकम दुबै घट्दा नेप्से रातै

kharibot

काठमाडौ । नेप्से सुचक तथा कारोवार रकम दुबै नै आज उच्च अंकले घटेको छ ।

आज नेप्से ३१ दसमलव चार अंकले घटेर १२ सय ८४ दसमलव नौ बिन्दुमा झर्दा सेन्सिटिभ छ दसमलव चार अंकले घटेर दुई सय ७३ बिन्दुमा झरेको छ । एक सय ६० कम्पनीहरुको चार हजार आठ सय ३१ वटा कारोवारमा सात लाख ६३ हजार पाँच सय ९१ कित्ता सेयर खरिद बिक्री भएकाछन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम आज ३२ करोड ५१ लाख नौ हजार दुई सय ५४ रुपैयाँ पुगेको छ । नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा सबै सुचक घटेपछि नेप्से पुरै रातो देखिएको छ । 

सबैभन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक दुई सय ४३ दसमलव १८ अंकले घटेर छ हजार दुई सय २५ दसमलव १६ बिन्दुमा झरेकोमा सात करोड ८६ लाख ५७ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बाँणिज्य बैक समुहको सुचक २३ दसमलव १५  अंकले घटेर ११ सय ४० दसमलव ६२ बिन्दुुमा झर्दा १३ करोड ४८ लाख २७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समुहको सुचक पनि आज २५ दसमलव ६४ अंकले घटेर १५ सय दसमलव १० बिन्दुमा झर्दा एक करोड ६७ लाख सात हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युत समुहको सुचक ६४ दसमलव ६५ अंकले घटेर १५ सय ४७ दसमलव ४७ बिन्दुुमा झरेकोमा दुई करोड २१ लाख ८१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि आज घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको सिद्धार्थ लगानी बृद्धि योजनाको सेयर मुल्य दुई रुपैयाँ ९८ पैसाले बढेर नौ रुपैया ६८ पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीका परेको ग्लोवल आईएमई लघुबित्त संस्थाको सेयर मुल्य नौ रुपैयाँ ३८ पैसाले घटेर ११ सय १० रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १७ सय २० रुपैयाँमा दुई करोड ५२ लाख ३५ हजार आठ सय ५६ रुपैयाँको सेयर कारोवार भएको भने एनआईसी एशिया बैकको तीन सय २७ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ५१ लाख नौ हजार आठ सय १९ रुपैयाँको सेयर कारोवार भएको छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै