इन्स्टाग्राम र स्न्यापच्याटका फिचर केही समयका लागि बन्द

खरीबोट

युरोप । फोटो सेयरका लागि र मल्टिमिडियाका लागि प्रसिद्ध सामाजिक सञ्जाल स्न्यापच्याट र इन्स्टाग्रामले केही समयको लाग गिफी जीआईएफ स्टिकर फिचर हटाएका छन् ।

प्रयोगकर्ताले एउटा रंगभेदी जीआईएफ एउटा अप्सनमा देखेपछि दुवै कम्पनीले यो फिचर केही समयका लागि बन्द गरिदिएका हुन् । 

त्यसलाई हटाउनको लागि फिचर नै केही समयका लागि बन्द गरिएको हो । उक्त रंगभेदी जिफ (तस्बिर) सबैभन्दा पहिला बेलायतका एक २१ वर्षीय स्न्यापच्याट प्रयोगकर्ताले देखेका थिए ।

यस जिआईएफमा लाखौँ मानिसको मृत्यु कालाजातिका मानिसको अपराधको कारण भइरहेको देखाइएको थियो ।

त्यस्तै खाले अर्को तस्बिर फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राममा पनि देखिएको थियो ।

सो लगत्तै दुवै कम्पनीले जीआईएफ फिचर नै बन्द गराएका हुन् । दुवैले यो फिचर गत फेब्रुअरीमा मात्रै लन्च गरेका थिए ।

जसअन्तर्गत प्रयोगकर्ताले आफ्नो स्न्याप्स र स्टोरिजमा जिफी मिडिया लाइब्रेरीबाट जीआईएफ एड गर्न पाउँथे । 

सम्बन्धित समाचार

ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन् डडेल्धुराका स्थानीय (फोटो फिचर)

डडेल्धुरा। प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा पर्ने रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला। जहाँ बर्सेनि ७÷८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। हरेक वर्ष वर्षायाममा बाढी

किन घट्दै छन् फेसबुक, ट्विटर र स्न्यापच्याटका प्रयोगकर्ता ?  

युरोप/अमेरिका । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र स्न्यापच्याट प्रयोग गर्ने संख्यामा कमी आइरहेको पाइएको छ । ६ महिनाको प्रतिवेदनअनुसार स्न्यापच्याटले फेसबुक र ट्विटरलाई पछ्याइरहेको पाइएको हो ।  स्न्यापच्याटका अनुसार जुनसम्मको पछिल्लो

यसकारण फेसबुक र इन्स्टाग्रामले ल्याए ‘टाइम लिमिट टुल’

उत्तर अमेरिका । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले प्रयोगकर्ताहरु जतिखेर पनि फेसबुकमै झुम्मिएको भन्दै ‘टाइम लिमिट टुल’ ल्याएका छन् । यो घोषणा धेरै समय फेसबुक चलाउँदा पर्न जाने मानसिक असरलाई ध्यान

काँग्रेस सरकारविरुद्ध सडकमा (फोटो फिचर)

काठमाडौं।  प्रतिपक्षी दल नेपाली काँग्रेसले अहिले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ।  बढ्दो महङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा पनि कांग्रेसले