• २०८१ बैशाख १२ बुधबार

केटासँग कुरा गरेकै निहुँमा बाबुले गरे १३ वर्षीया छोरीको नृशंस हत्या 

kharibot

दक्षिण एसिया । भारतको करावल नगरमा १३ सालकी छोरीको उनकै बुबाले घाँटी काटेर हत्या गरेका छन् । नाबालिग छोरीले केटासँग भेटेकै निहुँमा बुबाले नै धारिलो हतियार प्रयोग गरी हत्या गरेको भारतीय मिडियाले जनाएका छन् । प्रहरीले मृतकका बुबालाई गिरफ्तार गरेपछि घटना बाहिर आएको हो । 

४० वर्षका सुदेश नामका व्यक्ति करावल नगरमा दूध डेरी चलाउँदै आएका थिए । प्रहरीलाई सुदेशले बताएअनुसार बालिका ७ कक्षामा अध्ययनरत थिइन् । यही मार्च ७ तारिखमा साँझ घरबाट बाहिर गएकी उनलाई बुबाले पछ्याएका थिए । सोही क्रममा एक युवकसँग भेट गरेको देखेपछि उनले छोरीलाई बाइकपछाडि राखेर ट्रानिका सिटी लगी चक्कुले गर्दन रेटेर हत्या गरी शव फ्याँकेर घर आएका हुन् । 

उनले सोही दिन छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएका थिए । त्यसलगत्तै प्रहरीले वरपरका सिसिटिभी फुटेजहरु खोजेर अनुसन्धान थालेको थियो तर केही पत्तो लागेन । त्यसपछि गत शुक्रबार मृतककै बुबाले ट्रानिका सिटीबाट छोरीको शव खोजी निकालेका थिए ।

यसबारे उत्तरप्रदेश प्रहरीमा समेत सूचना पुग्यो भने करावल नगरका प्रहरीले पनि अनुसन्धान सुरु गरे । सोही क्रममा केटीलाई आफ्नै बाबुसँग मोटरसाइकल पछाडि बसी गइरहेको एउटा सिसिटिभी फुटेजमा देखिएपछि घटनाबारे तथ्य खुलेको हो । 

पछि प्रहरीले बुबालाई नै केरकार गरेपछि उसले आफ्नो कर्तुत खोलेका थिए । प्रहरीलाई उनले बताएअनुसार केटालाई मार्ने नियत मृतकका बाबुको देखिएको छ । आफ्नो छोरीले कुनै अपरिचित युवकसँग कुराकानी गरेको उनलाई मन पर्दैनथ्यो । सोही कारण उसले छोरीलाई बारम्बार केटासँग नबोल्न चेतावनी दिँदै आएका थिए ।

त्यस दिन पनि छोरी बाहिर निस्केपछि शंका लागेर पछ्याउँदै जाँदा केटा भेट्न गएको उनले चाल पाएका थिए । तर बुबा देखेपछि केटी छोडेर युवक फरार भएपछि उनले छोरीकै हत्या गरिदिएका थिए । 

नवभारत टाइम्सबाट अनुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै