केटासँग कुरा गरेकै निहुँमा बाबुले गरे १३ वर्षीया छोरीको नृशंस हत्या 

खरीबोट

दक्षिण एसिया । भारतको करावल नगरमा १३ सालकी छोरीको उनकै बुबाले घाँटी काटेर हत्या गरेका छन् । नाबालिग छोरीले केटासँग भेटेकै निहुँमा बुबाले नै धारिलो हतियार प्रयोग गरी हत्या गरेको भारतीय मिडियाले जनाएका छन् । प्रहरीले मृतकका बुबालाई गिरफ्तार गरेपछि घटना बाहिर आएको हो । 

४० वर्षका सुदेश नामका व्यक्ति करावल नगरमा दूध डेरी चलाउँदै आएका थिए । प्रहरीलाई सुदेशले बताएअनुसार बालिका ७ कक्षामा अध्ययनरत थिइन् । यही मार्च ७ तारिखमा साँझ घरबाट बाहिर गएकी उनलाई बुबाले पछ्याएका थिए । सोही क्रममा एक युवकसँग भेट गरेको देखेपछि उनले छोरीलाई बाइकपछाडि राखेर ट्रानिका सिटी लगी चक्कुले गर्दन रेटेर हत्या गरी शव फ्याँकेर घर आएका हुन् । 

उनले सोही दिन छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएका थिए । त्यसलगत्तै प्रहरीले वरपरका सिसिटिभी फुटेजहरु खोजेर अनुसन्धान थालेको थियो तर केही पत्तो लागेन । त्यसपछि गत शुक्रबार मृतककै बुबाले ट्रानिका सिटीबाट छोरीको शव खोजी निकालेका थिए ।

यसबारे उत्तरप्रदेश प्रहरीमा समेत सूचना पुग्यो भने करावल नगरका प्रहरीले पनि अनुसन्धान सुरु गरे । सोही क्रममा केटीलाई आफ्नै बाबुसँग मोटरसाइकल पछाडि बसी गइरहेको एउटा सिसिटिभी फुटेजमा देखिएपछि घटनाबारे तथ्य खुलेको हो । 

पछि प्रहरीले बुबालाई नै केरकार गरेपछि उसले आफ्नो कर्तुत खोलेका थिए । प्रहरीलाई उनले बताएअनुसार केटालाई मार्ने नियत मृतकका बाबुको देखिएको छ । आफ्नो छोरीले कुनै अपरिचित युवकसँग कुराकानी गरेको उनलाई मन पर्दैनथ्यो । सोही कारण उसले छोरीलाई बारम्बार केटासँग नबोल्न चेतावनी दिँदै आएका थिए ।

त्यस दिन पनि छोरी बाहिर निस्केपछि शंका लागेर पछ्याउँदै जाँदा केटा भेट्न गएको उनले चाल पाएका थिए । तर बुबा देखेपछि केटी छोडेर युवक फरार भएपछि उनले छोरीकै हत्या गरिदिएका थिए । 

नवभारत टाइम्सबाट अनुदित । 

सम्बन्धित समाचार

निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवक २५ दिनपछि पक्राउ

कन्चनपुर। कन्चनपुरकी १३ वर्षीया बालिक निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय

नेपाली टोली श्रीलङ्का प्रस्थान, कप्तान पारस भन्छन्- 'लक्ष्य भारत र पाकिस्तानसँग खेल्ने हो'

काठमाडौँ। यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।  नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या

काठमाडौँ। फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ। काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा धारिलो चक्कु प्रहारबाट उनको हत्या भएको प्रहरीले जनाएको छ।  सिंहका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको

इङल्याण्डसँगको तेस्रो टेस्ट भारतको नियन्त्रणमा

काठमाडौँ। इङल्याण्ड र भारतबीच जारि तेस्रो टेस्ट क्रिकेट दोस्रो दिनको खेल सकिदासम्म भारतले आफ्नो नियन्त्रणमा राखेको छ।  पहिलो पारीमा ३२९ रन जोडेको भारतले इङल्याण्डलाई पहिलो पारीमा १६१ रनमा अलआउट गरेपछि