• २०८१ बैशाख ८ शनिबार

डा.केसी र कान्तिपुरविरुद्धको मुद्दाको सुनुवाई आज सर्वोच्च अदालतको पूर्ण इजलासमा हुदै 

kharibot

काठमाडौँ । डा. गोविन्द केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना सम्बन्धि मुद्दाको सुनुवाई आज सर्वोच्च अदालतको पूर्ण इजलासमा हुदै छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले दुबै मुद्दामा सुनुवाइ गर्न आफ्नै नेतृत्वमा ७ सदस्यीय पूर्ण इजलास तोकेका छन् ।

पूर्ण इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे सारदाप्रसाद घिमिरे, तेजबहादुर केसी रहेका छन् ।

डाक्टर केसीको मुद्दामा पुस २६ गते न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न उनको मागअनुसार प्रधानन्यायाधीश पराजुलीका शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो।

कान्तिपुरविरुद्धको मुद्दामा गत फागुन २२ गते न्यायधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यान दिँदै गहनतम छलफल गर्नुपर्ने भएको भन्दै बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । 

कान्तिपुरविरुद्धको मुद्दा माथिको सुनुवाइपछि अदालतले जारी गरेको आदेशमा ‘अदालतको अपहेलनासम्बन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यता एवम् व्यवहारमा यसको प्रयोग सम्बन्धमा बृहत् व्याख्याको यस इजलासले महसुश ग¥यो, गहनतम छलफल गर्नुपर्ने भएकाले मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनुपर्ने देखिन्छ ।’  भनिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै