• २०८१ बैशाख ४ मंगलबार

क्रिस्टल प्यालेसमाथि चेल्सीको जित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-१  गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा विलियमले एक गोल गरे भने एक गोल क्रिस्टल प्यालेसका मार्टिन केलीले आत्मघाती गोल गरेका थिए ।

खेलको २५औं मिनेटमा विलियमको गोल मार्फत अग्रता बनाएको चेल्सीले खेलको ३२औं मिनेटमा क्रिस्टल प्यालेसका मार्टिन केलीले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गर्दा चेल्सीको अग्रता दोब्बर भएको थियो ।

खेलको ९०औ मिनेटमा क्रिस्टल प्यालेसका प्याट्रिक भान आनहोल्टले गोल फर्काए पनि क्रिस्टललाई हारबाट जोगाउन भने सकेनन् । 

चेल्सीका लागि यस सिजनमा सबै खेलमा विलियमले १३ गोल गरेका छन् । 

जितसँगै चेल्सीको ३० खेलमा ५६ अंकसहित लिगको पाचौ स्थानमा रहेको छ भने क्रिस्टल प्यालेस ३० खेलमा २७ अंकसहित रेलिगेसन जोनमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै