• २०८१ बैशाख ४ मंगलबार

मेसी बिना बार्सिलोनाको सहज जित, स्वरेज र कोन्टिन्होले गरे गोल  

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले मालागामाथि २-० को सहज जित हासिल गरेको छ ।

गएराती भएको खेलमा लुइस स्वरेज र फिलिप कोन्टिन्होको गोलमा बार्सिलोनाले मालागामाथि सजिलो जित हासिल गरेको हो ।

आफ्ना स्टार खेलाडी लियोनेल मेसीबिना उत्रिएको बार्सिलोनाका लागि स्वरेजले खेलको १५औ मिनेटमा र कोन्टिन्होले खेलको २८औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाएका थिए ।

खेलको ३०औ मिनेटमा बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बालाई फाउल हानेका मालागाका साम्युल ग्रसियालाई रेफ्रीले रातो कार्ड दिए पछि मालागा १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बार्सिलोनाले २-० ले जित्यो ।

ला लिगामा बार्सिलोनाको यो सहित लगातार ३५ खेलमा अपराजित रहेको छ । जसमा २९ जित र ६ बराबरी रहेका छन् । बार्सिलोना १९८० मा ३८ खेलमा अपराजित रहेको रियल सोसिडाडको रेकर्ड तोड्न अब ३ खेलले पछाडी रहेको छ ।

यस खेलको गोल सहित लुइस स्वरेजले ला लिगामा १०६ गोल गरेका छन् जसमा उनले अहिलेसम्म ला लिगाका २५ टिमविरुद्ध गोल गरेका छन् ।

जितपछि बार्सिलोना २८ खेलमा ७२ अंकसहित लिगको शिर्ष स्थानमा कायम रहेको छ भने दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा ११ अंकले र तेस्रो स्थान रहेको रियल म्याड्रिडभन्दा १५ अंकले अगाडी रहेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै