काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।
अत्यन्त प्रतिष्पर्धात्मक खेलमा युनाइटेड मार्कोस राशफोर्डको दुई गोलको मद्धतले लिभरपुललाई पराजित गरेको हो । लिभरपुलले भने युनाइटेडका इरिक बेलीले गरेको आत्मघाती गोलको मद्धतले एक गोल उपहार स्वरूप पाएको थियो ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा खेलको १४औ मिनेटमा राशफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । राशफोर्डले नै खेलको २४औ मीनेटमा दोस्रो गोल गरे र युनाइटेड २-० ले अगाडी भयो ।
पहिलो हाफमा २-० को अग्रता हासिल गरेको युनाइटेडले आफ्नै खेलाडी बेलीको आत्मघाती गोलको मद्धतले लिभरपुललाई खेलको ६६औ मिनेटमा एक गोल उपहार दियो र खेलमा २-१ को स्थिति बन्यो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल युनाइटेडले २-१ गोल अन्तरले जित्यो ।
जितपछि म्यानचेस्टर युनाइटेड ३० खेलमा ६५ अंकसहित लिगको दोस्रो स्थानमा कायम रहेको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १३ अंकले पछाडी रहेको छ ।
त्यस्तै लिभरपुल ३० खेलमा ६० अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।