• २०८१ बैशाख ११ मंगलबार

रियल म्याड्रिडको जितमा रोनाल्डोले गरे दुई गोल 

kharibot

काठमाडौँ  ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले एइबरविरुद्ध २-१ को जित हासिल गरेको छ ।

शनिबार एइबरको घरेलु मैदानमा भएको खेलमा रियलले क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतले एइबरलाई पराजित गरेको छ । एइबरका लागि एक गोल रामिसले गरेका थिए । 

खेलको ३४औ मिनेटमा गोल गर्दै रोनाल्डोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको ५०औ मिनेटमा रामिसले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरी गरेका थिए ।  खेलको ८४औ मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाएका थिए । 

यसका साथै रोनाल्डोले ला लिगाका पछिल्ला ८ खेलमा १३ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् ।   त्यस्तै रोनाल्डोले यस खेलमा गरेका दुई गोलसहित ला लिगामा यस सिजनमा १८ गोल गरेका छन् ।

यो जितपछि रियलको ला लिगामा २८ खेलमा ५७ अंक भएको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछाडी रहेको छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै