• २०८१ बैशाख ६ बिहीबार

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिदै

kharibot

बुटवल ।  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भोलि विश्वासको मत लिने भएको छ । 

कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने भएका छन् ।  

यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधासम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् । 

फागुन १३ गतेका लागि पहिले तय भएको बैठकमा विजनेश नभएको भन्दै बैठक नै नबसी अघिल्लै दिन सूचना टाँसेर स्थगित भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै