• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानविरुद्ध कप्तान पारस खड्काको अर्धशतक 

kharibot

काठमाडौँ । नेपालका कप्तान पारस खड्काले अफगानिस्तानविरुद्ध अर्धसतक बनाएका छन् ।

यसअघि स्कटल्याण्डविरुद्ध ६३ रन बनाएका खड्काले आज अफगानिस्तानविरुद्ध चौका हान्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

खड्काले ५६ बल खेल्दै ५३ रन बनाएका हुन् । आफ्नो यस पारीमा ७ चौका र एक छक्का हानेका छन् । नेपालले अनिलकुमार शाहलाई गुमाएपछि अहिले पारस र ज्ञानेन्द्र क्रिजमा रहेका छन् ।

नेपालले २३ ओभरमा एक विकेट गुमाएर ८९ रन बनाएको छ । कप्तान पारस खड्का ५९ र ज्ञानेन्द्र मल्ल २० रन बनाएर खेलिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै