• २०८१ बैशाख १३ बिहीबार

जुत्ता पसलमा आगलागी ६० लाखको क्षति

kharibot

राजविराज । सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ । 

स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हँुदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

राति पसल बन्द गरेर गएका खातुन बिहान आउदा आगो लागेको अवस्थामा देखेपछि छरछिमेकलाई बोलाएर आगो निभाएको पीडितलाई उद्धित गर्दै प्रहरीले जनाएको छ । 

आगलागीका कारण भने हालसम्म खुलेको छैन । नौसादले विगत २५ वर्षदेखि राजविराजको हटियामा जुत्ता पसल सञ्चालन गर्दैभएको बताइएको छ । आगोलाई नियन्त्रण गर्न सुनसरीको इनरुवा र लहानबाट आएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै