• २०८१ बैशाख ८ शनिबार

बलिवुड फिल्मको ठुलो बजार बन्दै चीन, यी ५ फिल्म जसले करोडौ कमाए 

kharibot

मुम्बई । बलिवुड फिल्मले सय करोडको व्यापार हुन थालेको धेरै भएको छैन ।

भारतीय बक्स अफिसको रिपोर्टलाई हेर्ने हो भने २००८ बाट आमिर खानको फिल्म गजनीबाट सुरु भएको यात्रा अहिले पछिल्लो पटक पद्मावतसम्म आएको छ । पद्मावतसम्म आइपुग्दा सयकरोड क्लबको ब्यापर गर्ने फिल्मको संख्या ६० पुगेको छ । जसमा बाहुबलीले ५ सय करोडभन्दा बढीको ब्यापार गरेको छ भने पाँच वटा फिल्मले ३ सय करोडको व्यापार गरेका छन् । जसमा सलमान खानका तीन फिल्म र आमिर खानका दुई फिल्म रहेका छन् ।

त्यस्तै २ सय करोडको व्यापार गर्ने फिल्मको संख्या ९ रहेको छ । बाँकी ४५ फिल्मले सय करोडको व्यापार गरेका छन् ।

अहिले समय बदलिएको छ । पछिल्लो समय बलिवुड फिल्मको व्यापार हेर्ने हो भने भारतमा भन्दा चीनमा बढी व्यापार गरेको देखिएको छ । चाहे आमिर खानका फिल्म हुन् चाहे सलमान खानका चीन अब बलिवुडको नयाँ बजार बन्ने संकेत देखिएको छ ।

भारतमा २०१५ मा रिलिज भएर बक्स अफिसमा ३२० करोडको व्यापार गरेको सलमान खानको फिल्म बजरंगी भाइजान अहिले चीनमा रिलिज भएको छ । बजरंगी भाइजानले चीनमा रिलिजको एक सातामा ११७ कोरडको व्यापार गरेको छ ।

त्यस्तै २०१६ मा आएको आमिर खानको फिल्म दंगालले चीनमा १३०९ करोडको व्यापार गरेको थियो । जबकी भारतीय बक्स अफिसमा यस फिल्मले ३७० करोड व्यापार गरेको थियो । केबल ९० करोडमा बनेको यो फिल्मको विश्वभरको कलेक्सन २ हजार करोड रहेको छ ।

त्यस्तै २०१७ मा रिलिज भएको आमिर खानको फिल्म सेक्रेट सुपर स्टारले चीनमा अहिलेसम्म ७९० करोडको व्यापार गरेको छ र अहिले पनि कमाई जारी छ । यस फिल्मले भारतीय बक्स अफिसमा भने केबल ६४ करोडको व्यापार गरेको थियो ।

त्यस्तै चर्चित फिल्म बाहुबलीले चीनमा ७९४ करोडको व्यापर गरेको थियो जबकी बहुबालीले भारतमा केबल ६ सय करोडको व्यापार गरेको थियो ।

त्यस्तै चीनमा पहिलो पटक रिलिज भएको आमिर खानको फिल्म पिकेले १२९ करोडको व्यापार गरेको थियो । भारतमा भने यस फिल्मले ३४० करोडको व्यापार गरेको थियो ।
यसरी हेर्दा बलिवुड फिल्मको ठुलो बजार अब चीन बन्ने देखिएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै