• २०८१ बैशाख ५ बुधबार

इङल्याण्डद्वारा न्युजील्याण्डविरुद्धको एक दिवसीय सिरिज ३-२ ले कब्जा 

kharibot

काठमाडौँ  । इङल्याण्डले न्युजील्याण्डविरुद्धको एक दिवसीय सिरिज जितेको छ । 

आज भएको पाचौ एकदिवसीय खेल ७ विकेटले विजयी हुदै सिरिज ३-२ ले जितेको हो । न्युजील्याण्डले दिएको २२४ रनको लक्ष्य पछ्याएको इङल्याण्डले ३२.४ ओभरमा ३ विकेट गुमाएर २२९ रन बनाएको थियो । 

इङल्याण्डको जितमा जोनी बेरस्टवले १०४ रन बनाएका थिए भने एलेक्स हल्सले ६१ रन बनाएका थिए ।

यस अघि न्युजील्याण्डले ४९.५ ओभरमा अलआउट हुदै २२३ रन बनाएको थियो । न्युजील्याण्डका लागि मिचेल सन्टनरले ६७ र हेनरी निकोलसले ५५ रन बनाएका थिए ।

न्युजील्याण्डलाई सस्तैमा आउट गर्न क्रिस वोक्स, अदिल रसिदले ३-३ विकेट लिएका थिए भने टम कुरानले २ विकेट लिएका थिए । 

न्युजील्याण्ड र इङल्याण्डबीच अब २ वटा टेस्ट म्याच हुदै छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै