म्यानमार, चीन र बङ्गलादेशबीच विद्युत व्यापार सम्झौता

खरीबोट
ad

नाइ पेइ तावा । म्यानमार, चीन र बङ्गलादेशबीचमा शुक्रबार विद्युत् व्यापार सम्झौता भएको छ । 

नई पीइ टावामा भएको तीन देशका मन्त्रीहरूको त्रिपक्षी बैठकले सिमा वारपार विद्युत व्यापार विस्तार गर्ने सम्झौता गरेको हो । 

साथै सम्झौतालाई कार्यान्वयन गर्नका लागि छु्ट्टै संयन्त्र बनाउने बारेमा पनि बैठकमा छलफल भएको उच्च अधिकारीहरूले बताएका छन् । 

तीन देशबीच भएको सम्झौताले यी देशमा विद्युत सुरक्षा, विद्युत श्रोतहरूको आदानप्रदान, विकासका पुर्वाधार, रोजगारीको सृजना लगायतका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ । 

बैठकमा म्यानमारका विद्युत तथा उर्जा मन्त्री यु विन खाङ, चीनका राष्ट्रिय उर्जा प्रशासनका उप–प्रशासक लि फान्रोङ र बङलादेशको प्रधानमन्त्रीका उर्जा, विद्युत र खनिज श्रोत मामिला सल्लाहकार डा तावफिक इ इलाही चौधरी सहभागी भएका थिए । 

सम्बन्धित समाचार

क्षमता भएर पनि जलविद्युत् उत्पादनमा कर्णाली प्रदेश कमजोर

काठमाडौँ / हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका आधारमा हेर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ ।  जलविद्युत्को क्षमता अत्याधिक भए पनि निर्माण सम्पन्न भएको आधारमा हेर्दा कर्णाली प्रदेशमा हालसम्म ३.८ मेगावाट

नलगाड जलविद्युत्का लागि छुट्याएको रकमले मुआब्जा दिनै नपुग्ने

जाजरकोट । सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।  विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर

एक हजार मेगावाट जलविद्युत उत्पादन गर्ने

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत्् उत्पादनका आयोजना शुरु गर्ने बताएका छन  ।  उनले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश

हावाहुरी र मर्मतबाट ७३ मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ  । हावाहुरी र प्रसारण लाइन मर्मतका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट ७३ मेगावाट विद्युत् बाहिरिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार हावाहुरीका कारण आइतबार अपराह्नदेखि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट