• २०८१ बैशाख ४ मंगलबार

बार्सिलोनाको डिफेन्स अहिलेसम्म कै उत्कृष्ट

kharibot

काठमाडौँ । यस सिजनको बार्सिलोनाको डिफेन्स अहिलेसम्म कै उत्कृष्ट डिफेन्स देखिएको छ ।

यस सिजनको ला लिगामा २७ खेलमा अपराजित रहेको बार्सिलोनाले २७ खेलमा केबल १३ गोल खाएको छ । बार्सिलोनाले आफ्नो उत्कृष्ट फर्मलाई जारी राख्दै ला लिगाको उपाधि जित्ने तयारीमा रहेको छ । २७ खेलमा ६ खेल बराबरी खेलेको बार्सिलोनाले २१ खेल जितेको छ ।

गतसाता एथलेटिको म्याड्रिडविरुद्ध १-० को जितमा बार्सिलोनाको डिफेन्सले ठुलो खेलमा कसरी डिफेन्स गर्ने भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गर्यो ।

ला लिगाको इतिहासलाई हेर्ने हो बहने १९७२-७३ मा एथलेटिको म्याड्रिडले ३४ खेलमा २१ गोल खाएको थियो । त्यसपछि १९८६-८७ मा एथलेटिकोले ३४ खेलमा २२ गोल खाएको थियो । त्यसपछि २०१०-११ मा बार्सिलोनाले पेप गार्डिओला म्यानेजर हुँदा ३८ खेलमा केबल २१ गोल खाएको थियो ।

त्यस्तै लुइस इनरिक म्यानेजर हुँदा बार्सिलोनाले २०१४-१५ मा ३८ खेलमा २१ गोल खाएको थियो । अब यस सिजनमा बार्सिलोनाले बाँकि रहेका ११ खेलमा माथि उल्लेखित रेकर्डलाई तोड्न सक्ला की नसक्ला त्यो त आगामी दिनमा थाहा हुने छ तर अहिलेसम्म खेललाई हेर्दा बार्सिलोनाले उत्कृष्ट डिफेन्सको मद्धतले केबल १३ गोल खाएको कुरालाई नजरन्दाज गर्न सकिदैन । गत सिजनमा बार्सिलोनाले २७ खेल खेल्दा २३ गोल खाएको थियो ।

बार्सिलोनामा अहिले जेरार्ड पिके र साम्युल उमटिटिको जोड ले डिफेन्सको प्रमुख जिम्मेवारी निभाई रहेको छ । उनीहरुलाई जोर्डी अल्बाले राम्रो साथ दिइरहेका छन् । साथै उनीहरुलाई मिडलमा सर्जियो बसकेट्स र पाउल्हिन्होले पनि निकै मद्धत गरेका छन् ।

जहिले पनि बार्सिलोनाका मेसी, स्वरेजको चर्चा भईरहदा डिफेन्सको उत्कृष्ट प्रदर्शनले पनि बार्सिलोना बलियो टिम भएको कुरालाई माथिका आँकडाले पुष्टि गर्दछ ।   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै