• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँ महानगरपालिकाको ज्येष्ठ नागरिकको स्वास्थ्योपचार स्थगित

kharibot

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले छ महिनादेखि शुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । 

हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको कामपा जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो । कामपाले गत असार १५ गतेदेखि प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सहभागी भएर सो सेवा शुरु गरेको थियो । 

अस्थायी भएका कारण पहिलो चरणको काम सकेर १०–१० चिकित्सक र नर्स जिल्ला जनस्वास्थ्य कार्यालय नै फर्कनु भएको जनाइएको छ । कामपाका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सो सेवाको थियो । 

महानगरका ३२ वटै वडामा अठासी वर्ष उमेर पूरा भएका ५९६ नागरिक छन् । 

अबको केही समयमा नै कामपाले आवश्यक कर्मचारीको व्यवस्था गरी सेवालाई निरन्तर दिने जनाएको छ । स्वास्थ्योपचारसँगै जेष्ठ नागरिकलाई कामपाका तर्फबाट वार्षिक रु १२ हजारका दरले भत्तासमेत दिन थालिइसकेको छ । गत वैशाखमा स्थानीय निर्वाचनबाट जनप्रतिनिधि आएपछि भत्ता वितरण गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै