• २०८१ बैशाख ८ शनिबार

अनौठो त्रिकोणात्मक वस्तु चन्द्र सतहमा, के एलियन भेटिएकै हो त ? (भिडियोसहित)

kharibot

कन्स्पिरेसी थिअरिष्ट (जो अपत्यारिला र असाधारण कुरामा विश्वास गरेर कुनै पनि घटनालाई नयाँ ढंगबाट शंका गर्छन्)हरुले चन्द्रमाको सतहमा चलिरहेको त्रिकोणात्मक आकारको वस्तुलाई आधार मान्दै एलियनहरुको आधारभूमि नै चन्द्रमा भएको आफूहरुले पहिलेदेखि गर्दै आएको दाबीमा नयाँ भिडियो फुटेजले बल दिएको बताएका छन् ।

उच्च शक्तिशाली टेलिस्कोपको सहायताले खिचिएको नयाँ फुटेजमा त्रिकोणात्मक आकारको कालो वस्तु चट्टानी चन्द्रसतहमा चलिरहेको भिडियो देखिएपछि कन्स्पिरेसी थिअरिष्टहरुले त्यसलाई आफूहरुको भनाइमा थप प्रमाण फेला परेको दाबी गरेका हुन् ।

यूएफओ (आकाशीय क्षेत्रमा देखिने कुनै नयाँ अनौठो खालको वस्तु)मा विश्वास गर्नेहरुले चन्द्रमा एलियनहरुको एयरबेस रहेको समेत दाबी गरेका छन् । 

उक्त अनौठो भिडियो कन्स्पिरेसी युट्युब च्यानेल सेक्युर टिम १० ले पोष्ट गरेका हुन्, जुन कालो वस्तुलाई उनीहरुले एलियन क्राफ्टको छाया भनी दाबी गरेका छन् । ‘यो फुटेज मलाई टेक्सासमा कर्पोरेट जेट फ्लिटका प्रमुखबाटै इमेलमा आएको थियो’, उक्त भिडियोका वक्ताले भनेका छन्, ‘यसलाई तपाईंले सिधै क्रेटर वरिपरिको छाया भन्न सक्नुहुन्छ ।’ 

उक्त दाबी गरिए पनि भिडियो फुटेज पठाउने अन्तरिक्ष यात्रीबारे भने केही थप खुलासा गरिएको छैन । यसमाथि शंका गर्नेहरु धेरै छन् । यसमाथि थप वर्णन केही पनि छैन । अर्को सिद्धान्तले भने फोटो टेलिस्कोपको लेन्समा देखिएको गल्तीले यसो भएको हुनसक्ने बताउँछ ।

यद्यपि यस सिद्धान्तले पनि उक्त खिचाइका क्रममा चलिरहेको वस्तु के हो भन्ने वर्णनचाहिँ गर्नसक्दैन ।  

यूएफओका खोजीकर्ताहरुले कहिले कहिले त एलियन देखेको दाबी समेत गर्दछन् । गत महिना मात्रै उत्तरी नर्वेको क्षेत्रमा चम्किलो र सेतो यूएफओ देखेको दाबी उनीहरुले गरेका थिए ।

उक्त शंकास्पद एयरक्राफ्ट बार्डुफोसमा देखिएको र त्यसको केही बेरमै ८० माइल (१३० किमि) दूरीमा ट्रोम्सोमा पनि देखिएको बताइएको थियो ।

द्रष्टाहरुका अनुसार सूर्यास्त नहुन्जेल देखिएको र त्यसपछि दुई भागमा विष्फोट भएर धूलोमा हराएको थियो । बिहीबार राति नै यसका तस्बिर र भिडियोहरु स्थानीयले सेयर गरेका थिए । 

टार्किन मिलिंगटनले डेली मेललाई उक्त एयरक्राफ्ट देखेको र सुरुमा कुनै हेलिकप्टरजस्तै लागेको र त्यो आफूहरुतिर आइरहेको अनुभव बाँडेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै