• २०८१ बैशाख ७ शुक्रबार

पानीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई आरजु देउवाको पाँच/पाँच लाख सहयोग

kharibot

कैलाली । नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले गत मंसिरमा डुबेर मृत्यु भएका धनगढी उपमहानगरपालिका–१३ का दुई जना बालकका परिवारलाई आज जनही रु पाँच लाख सहयोग गरेकी छन् । 

वडा नं १३ मा आयोजित कार्यक्रममा डा देउवाले मृतक तीन वर्षीय अमित रानाका बुवा लक्ष्मण र बालिका केशवी रानाका बुवा जोगराजलाई जनही रु पाँच लाख प्रदान गर्दै जनताको सुखदुःखमा आफूले जहिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरीन् । गत मंसिर ९ गते वडा नं १३ को कैलाली नालामा खेल्ने क्रममा ती दुवैको डुबेर मृत्यु भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै