• २०८१ बैशाख ७ शुक्रबार

स्पेनिस मिडियामा नेइमारको चर्चा : बार्सिलोना फर्किने नेइमारको इच्छा 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएपछि नेइमारले फेरी बार्सिलोना जनाए इच्छा देखाएको स्पेनिस मिडियाले चर्चा गरेका छन् ।

यस सिजनको सुरुमा बार्सिलोनामा मेसीको छायामा परेको भन्दै रेकर्ड रकममा बार्सिलोना छोडेर पिएसजी गएका नेइमार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा समेत पुग्न नसक्दा आहत भएको बताइएको छ । 

फ्रेन्च लिग खेल्दा अघिल्लो साता घाइते भएपछि बाँकी सिजन मैदानबाट बाहिरिएका नेइमारले आफु फेरी बार्सिलोना फर्किन चाहेको खबर आफ्ना साथीहरु मार्फत पठाएको स्पेनिस मिडियाले दाबी गरेका छन् ।    नेइमारले फ्रेन्च लिग आफुले सोचेभन्दा तल्लो स्तरमा रहेको पनि साथीहरुलाई बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसअघि पिएसजी जानासाथ नेइमार पेरिसमा सेटल हुन् संघर्ष गरिरहेको रिपोर्ट आएको थियो । साथै रियल म्याड्रिडले २०१९ पछि नेइमारलाई किन्ने चर्चाले पनि राम्रै बजार पाएको थियो । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई साइन गर्नेमा ढुक्क रहेको स्पेनिस मिडियामा चर्चा चलेको थियो ।

अहिले पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि यो चर्चा फेरी चलन थालेको छ । पिएसजीका अध्यक्षले नेइमारका लागि ३५५ मिलियन पाउण्ड मागेको रिपोर्ट पनि स्पेनिस मिडियामा आएको छ ।

यसअघि नेइमारले २०१९ पछि पिएसजी छोडेन बताएको भएपनि अब च्याम्पियन्स लिगको बहिर्गमनपछि यसै सिजनको अन्त्यमा क्लब छोड्ने बताइएको छ । 

नेइमारले साच्चै बार्सिलोना फर्किने इच्छा व्यक्त गरेपनि अब त्यो सम्भव भने देखिदैन । बार्सिलोनाले फिलिप कोन्टिन्होलाई भित्राएर नेइमारको ठाउ परिपूर्ति गरिसेको छ भने कोन्टिन्हो पनि बार्सिलोनामा विस्तारै सेटल हुदैछन् ।  अर्को कुरा बार्सिलोनासँग पैसाको लेनदेनमा विवाद भएपछि नेइमार र बार्सिलोनाबीच कानुनी लडाई पनि अहिले जारी छ ।   

अहिले नेइमारलाई रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोको ठाउमा लैजान प्रयास गरिरहेको छ । २०२१ सम्म रियलसँग सम्झौता रहेका रोनाल्डोले रियलमा अब सम्झौता नवीकरण नगर्ने बताईसकेका छन् । भने पारिश्रमिकका बारेमा विवाद हुदा रोनाल्डोले पनि क्लब छोड्न सक्ने रिपोर्ट आइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै