स्पेनिस मिडियामा नेइमारको चर्चा : बार्सिलोना फर्किने नेइमारको इच्छा 

खरीबोट
ad

काठमाडौँ । च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएपछि नेइमारले फेरी बार्सिलोना जनाए इच्छा देखाएको स्पेनिस मिडियाले चर्चा गरेका छन् ।

यस सिजनको सुरुमा बार्सिलोनामा मेसीको छायामा परेको भन्दै रेकर्ड रकममा बार्सिलोना छोडेर पिएसजी गएका नेइमार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा समेत पुग्न नसक्दा आहत भएको बताइएको छ । 

फ्रेन्च लिग खेल्दा अघिल्लो साता घाइते भएपछि बाँकी सिजन मैदानबाट बाहिरिएका नेइमारले आफु फेरी बार्सिलोना फर्किन चाहेको खबर आफ्ना साथीहरु मार्फत पठाएको स्पेनिस मिडियाले दाबी गरेका छन् ।    नेइमारले फ्रेन्च लिग आफुले सोचेभन्दा तल्लो स्तरमा रहेको पनि साथीहरुलाई बताएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यसअघि पिएसजी जानासाथ नेइमार पेरिसमा सेटल हुन् संघर्ष गरिरहेको रिपोर्ट आएको थियो । साथै रियल म्याड्रिडले २०१९ पछि नेइमारलाई किन्ने चर्चाले पनि राम्रै बजार पाएको थियो । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई साइन गर्नेमा ढुक्क रहेको स्पेनिस मिडियामा चर्चा चलेको थियो ।

अहिले पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि यो चर्चा फेरी चलन थालेको छ । पिएसजीका अध्यक्षले नेइमारका लागि ३५५ मिलियन पाउण्ड मागेको रिपोर्ट पनि स्पेनिस मिडियामा आएको छ ।

यसअघि नेइमारले २०१९ पछि पिएसजी छोडेन बताएको भएपनि अब च्याम्पियन्स लिगको बहिर्गमनपछि यसै सिजनको अन्त्यमा क्लब छोड्ने बताइएको छ । 

नेइमारले साच्चै बार्सिलोना फर्किने इच्छा व्यक्त गरेपनि अब त्यो सम्भव भने देखिदैन । बार्सिलोनाले फिलिप कोन्टिन्होलाई भित्राएर नेइमारको ठाउ परिपूर्ति गरिसेको छ भने कोन्टिन्हो पनि बार्सिलोनामा विस्तारै सेटल हुदैछन् ।  अर्को कुरा बार्सिलोनासँग पैसाको लेनदेनमा विवाद भएपछि नेइमार र बार्सिलोनाबीच कानुनी लडाई पनि अहिले जारी छ ।   

अहिले नेइमारलाई रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोको ठाउमा लैजान प्रयास गरिरहेको छ । २०२१ सम्म रियलसँग सम्झौता रहेका रोनाल्डोले रियलमा अब सम्झौता नवीकरण नगर्ने बताईसकेका छन् । भने पारिश्रमिकका बारेमा विवाद हुदा रोनाल्डोले पनि क्लब छोड्न सक्ने रिपोर्ट आइरहेको छ ।
 

सम्बन्धित समाचार

नेइमार इन्जुरीबाट निस्किन कडा मेहनेत गर्दै, यसै साता फिटनेस टेस्ट दिने

काठमाडौँ । ब्राजिलका सुपरस्टार खेलाडी नेइमारले इन्जुरीबाट ठिक भएर मैदानमा छिटै आउने संकेत दिएका छन् । गत फेब्रुअरीमा पिएसजीको मार्सेलीविरुद्धको खेलका समयमा इन्जुरी भएपछि यस सिजनका बाँकी खेल गुमाएका नेइमार ब्राजिलको

युरोपा लिग जिताउदै ग्रिजम्यानले बनाए नयाँ रेकर्ड, यस्तो छ बार्सिलोना जाने तयारी  

काठमाडौँ । एथलेटिको म्याड्रिडका फ्रेन्च फुटबलर एन्टोनी ग्रिजम्यानले नयाँ रेकर्ड बनाउदै एथलेटिको लाई युरोपा लिग जिताएका छन् । गएराती फ्रान्सको लियोनमा भएको युरोपा लिगको फाइनलमा खेलको दुवै हाफमा गोल गर्दै ग्रिजम्यानले

फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्गेटले बार्सिलोना आउदै 

काठमाडौँ । सेभिलाबाट खेलिरहेका फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्गेटले बार्सिलोनासँग सम्झौता गरेका छन् । स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार २२ बर्षिय लिन्गेटले बार्सिलोनासँग ५ बर्षको सम्झौतागरेको खुलासा गरेको छ । आगामी सिजनमा बार्सिलोना

नेइमार रियल म्याड्रिड गए त्यो दुखद हुने छ – लियोनेल मेसी 

काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले आफ्ना बार्सिलोनाका पुर्वसहकर्मी नेइमारले रियल म्याड्रिडमा गए त्यो दुखद हुने बताएका छन् । नेइमार यस सिजनमा रियल म्याड्रिड जान लागेको रिपोर्ट आइरहेका बेला मेसीले आफ्ना

Loading...

Loading...