• २०८१ बैशाख १२ बुधबार

प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाए विश्वासको मत 

kharibot

पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाएका छन् ।

शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पक्षमा ४१ मत परेको छ ।

जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४ मा बहुमतका लागि ३१ मत प्राप्त आवश्यक पर्ने भएपनि गुरुङले ४१ मत पाएका छन् । यस प्रदेशमा एमालेले २७ र नेकपा माओवादी केन्द्रले १२ सिट जितेको छ भने नेपाली काँग्रेसले १५, राष्ट्रिय जनमोर्चाले ३, नयाँ शक्तिले २ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् । 

मनाङबाट स्वतन्त्रतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले भने शपथ लिएका छैनन् ।

सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् । कांग्रेस र नयाँ शक्ति विपक्षमा बसेका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ २८ गते प्रदेश नं ४ का एमाले संसदीय दलका नेतामा निर्वाचित गुरुङलाई २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै