• २०८१ बैशाख ७ शुक्रबार

अबको दश दिन भित्र अनेरास्ववियुले नयाँ नेतृत्व पाउँछ : महासचिव महर

kharibot

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वमा बर्तमान महासचिव ऐन महर आउने भएका छन् ।

अहिलेको कार्यसमितीको कार्यकाल सकिइसकेको र अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रतिनिधिसभाको सांसद बनेपछि उनले राजीनामा भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडी बढेको हो ।

अनेरास्ववियुको नयाँ नेतृत्वमा बर्तमान महासचिव ऐन महरलाई सर्वसम्मत हुने लगभग पक्का भएको छ । फागुनमा केन्द्रीय कमिटी बैठक बोलाएर चैतमा नयाँ कार्यसमितीका लागि महाधिवेश गरेर अध्यक्षले बिदा लिन अध्यक्ष लामाको योजना थियो ।

तर, उनलाई पार्टीले सांसद बनाएपछि उनले नेतृत्व हस्तान्तरहणको बाटो रोजेकी छन् । तर, पार्टी एकताले गर्दा महाधिवेशन गर्न पार्टीले रोक लगाएपछि केन्द्रीय समिती बैठेकबाट नै नेतृत्व चयन गरिने महासचिव महरले बताएका छन् ।

कस्तो छ नेतृत्व चयन प्रक्रिया

‘अखिलको अब बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउनेछ । केन्द्रीय कमिटीबाट अध्यक्षको चयन हुने र अरु पदाधिकारीको बारेमा त्यसपछिमात्र छलफल हुने महरले बताएका छन् ।’

अखिलको केन्द्रिय समितिमा १५४ सदस्य रहेका छन् । महासचिव महरका अनुसार तल्लो तहका सदस्यहरुले एक तह माथि वा केन्द्रीय सदस्यको दावी गरिरहेका छन् । केन्द्रीयले सचिवालय सदस्य तथा माथिल्लो तहका सदस्यहरुले नेतृत्वका लागि लविङ गरीरहेका छन् ।

नेतृत्वका लागि अहिलेका चार जना उपाध्यक्षले आ— आफ्नो दावी गरेका छन् भने । रश्मी आचार्य, महेस बर्तौला, सुनिता बराल र शैलेस बराल रहेका छन् ।

‘उहाँहरुले दावी गर्नु स्वभावीक हो । तर, मैले यसअघि पनि उपाध्यक्ष भएर काम गरिसकेकाले सबैलाई थाहा भएकै विषय हो । पार्टीले महाधिवेशमा लगाएको रोकले गर्दा चाहेर पनि महाधिवेशन गर्न सक्ने अवस्था छैन् । र एकता प्रक्रिया पनि अगाडि बढी रहेका बेला र संगठन अभिभावक विहीन हुन नदिन यो विशिष्ट परिस्थितीमा नेतृत्व चयन प्रक्रिया अगाडि बढाउन लागेका हौं, र संगठनलाई चलायमान बनाउन पनि नेतृत्वको आवश्यकता पर्छ ।’ महासचिव महर भने ।

अबको एक हप्ता दश दिन भित्र अनेरास्वीयुले नयाँ नेतृत्व पाउने उनले बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै