करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

खरीबोट
ad

पाँचथर । लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गरेका छन् । 

केही समयभित्रै करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइनको अभावमा समस्या उत्पन्न भएकाले प्रधिकरणले चासो व्यक्त गरेको हो ।

उक्त करिडोरको पहिलो खण्डको काम सकिए पनि दोस्रो र तेस्रो खण्डको काम अगाडि बढ्न सकेको छैन । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म कूल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनको थ्री थुम्का गोदक र गोदक अमरपुर खण्डको काम रोकिँदै आएको छ । 

प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग र मुआब्जा वितरणमा स्थानीयवासीले अवरुद्ध गरेपछि आयोजना रोकिँदै आएको हो । जिल्लास्थित सरकारी अधिकारीसँग गरेको छलफलपछि आयोजनाको काम अगाडि बढ्ने विश्वास प्राधिकरणको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना तत्काल अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई आग्रह गरे । 

कार्यकारी निर्देशकको आग्रहपछि अधिकारीले आफ्नो तर्फबाट सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सम्पन्न गर्न सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले स्थानीय प्रशासन र स्थानीयवासीले सहयोग गरे आयोजना तोकिएकै समयमा पूरा हुने विश्वास व्यक्त गरे । निर्माण व्यवसायी ज्यागुर एण्ड स्टर जेभीले तोकिएको समयमा काम नगर्दा आयोजनाको म्याद दुई पटक थपिसकेको छ । आयोजनाको कूल लागत रु तीन अर्ब ५८ करोड रहेको छ ।

सम्बन्धित समाचार

उद्योग क्षेत्रमा विद्युत्को कुनै समस्या छैन : कुलमान घिसिङ

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ ।  उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको

विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त

क्षमता भएर पनि जलविद्युत् उत्पादनमा कर्णाली प्रदेश कमजोर

काठमाडौँ / हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका आधारमा हेर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ ।  जलविद्युत्को क्षमता अत्याधिक भए पनि निर्माण सम्पन्न भएको आधारमा हेर्दा कर्णाली प्रदेशमा हालसम्म ३.८ मेगावाट

क्यापासिटर बैंक नराख्ने उद्योगलाई कारबाही गर्ने प्राधिकरणको तयारी

काठमाडौँ / उद्योगले भोल्टेजलाई नियमित राख्न प्रयोग गर्ने ‘क्यापासिटर बंैक’ नराख्दा तराईका विभिन्न जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको छ ।  नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युत्मा भोल्टेजको गुणस्तर कायम गर्न र