काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न ठाउमा पार्किंङ गरेर राखेका स्कुटर चाबी मिलाई चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विहिबार काठमाडौँको पचली मन्दिर परिसर अगाडी स्कुटर चोरी गरेर लैजादै गरेकै अवस्थामा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट चोरी गरेको तीन थान स्कुटर, स्कुटर चोरी गर्न प्रयोग गरिने चाबी एक थान बरामद गरिएको छ ।
पक्राउ पर्नेमा काभ्रेका १८ बर्षिय दिपक लामा, काठमाडौँ मरुहिटीका २० बर्षिय रोशन जोशी र सिन्धुलीका १८ बर्षिय स्सुसन आले मगर रहेका छन् ।
पक्राउ परेका तिनै जनालाई चोरी मुद्धा अन्तर्गत कारवाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।