• २०८१ बैशाख ८ शनिबार

साताको सेयर : कारोवार रकममा आठ अंकले गिरावट, एक अर्ब ७९ करोडको सेयर खरिद बिक्री

kharibot

काठमाडौ । यो साता सेयर कारोवार रकममा गिरावट आएको छ । 

यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २२ हजार चार सय ३७ कारोबारबाट एक अर्ब ७९ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरका ४७ लाख ९३ हजार एक सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा आठ दसमलव ६१ प्रतिशत कम हो । गत साता एक सय ७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८ हजार ७५ कारोबारबाट एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० दसमलव ७० अंकले बढेर अन्तिम दिन दिन १३ सय १५ दसमलव १३ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दसमलव ६६ अंकले बढेर दुई सय ७९ दसमलव ४६ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम ११ करोड १८ लाख ६० हजार रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या दुई लाख एक हजार कित्ताको आधारमा पनि सानिमा बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ११ सय आठ वटाको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यस्तै सानिमा बैंक दोस्रो, नविल बैंक तेस्रो, स्ट्याण्डर्ड चार्टड बैंक चौथो र नेपाल बैंक पाचौ स्थानमा रहेका छन् । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै