मुम्बई । बलिवुडमा डेभ्यु गर्न लागेकी जान्ह्वी कपुरले आफ्नी आमा श्रीदेवीको निधनको दुइ हप्ता पनि नहुदै फिल्मको शुटिंगमा फर्किएकी छन् ।
आफ्नी आमा श्रीदेवीसँग अत्यन्त नजिक रहेको जान्ह्वीले आमाको निधन पछि मार्मिक पत्र लेख्दै आमाको सपना पुरा गर्ने बाचा गरेकी थिइन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार जान्ह्वीले डेभ्यु गर्न लागेको फिल्मको धड्कको सेटमा जान्ह्वी देखिएकी छन् । मुम्बईको बान्द्रास्थित फिल्म धड्कको सेटमा जान्ह्वी निर्देशक शशांक खेतान र सहकर्मी अभिनेता इशान खट्टरसँग देखिएकी छन् ।
मुम्बई मिररका अनुसार जान्ह्वी र इशानले केहि दिन बान्द्रामा फिल्मका केहि रोमान्टिक सिनको शुटिंग गर्ने उल्लेख गरको छ । साथै केहि दिन पछि फिल्म युनिट सुटिंगका लागि कोलकोता जाने बताइएको छ । यस अघि फिल्मको राजेस्थानमा शुटिंग भएको थियो ।
गत डिसेम्बर देखि शुटिंग सुरु भएको यस फिल्म आगामी जुलाई ६ तारिखमा रिलिज हुदै छ । चर्चित निर्माता धर्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको यस फिल्मलाई धर्मा र जी स्टुडियोले संयुक्त रुपमा निर्माण गर्दै छ ।