• २०८१ बैशाख ७ शुक्रबार

कलंकी-महाराजगंज सडक विस्तार गरिने 

kharibot

फाइल तस्बिर

काठमाडौँ । सरकारले चिन सरकारको सतप्रतिशत अनुदानमा कलङकि-महाराजगन्ज सडक विस्तार गर्ने भएको छ । 

सडक विभागले आगामी असार महिनापछि उत्क्त सडकलाई ८ लेनको सडक बनाउने गरि डेढ महिना अघि चीन सरकारसँग साझेदारी सम्झौता (एमओयु) गरेको हो ।

विभागअन्तरगतको वैदेशिक महशाखाका प्रमुख सन्जय श्रेष्ठले सो जानकारी दिदै अहिले चिनियाँ सरकारको सहायोगमा कोटेश्वर-कलंकी सडक ८ लेनमा विस्तार भइरहेको र सोही ढांचामा अब कलंकी-महाराजगन्ज सडक बिस्तार हुने बताएका छन् । 

यसका लागि विभागले आगामी असार १५ सम्ममा त्यस क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाएर निर्माणका लागि खाली गराउनुपर्ने छ । संरचना खाली गराएपछि विभागले चिनियाँ पक्षलाई फाइल बुझाउने र त्यसको लगत्तै कलंकी-महाराजगन्ज चक्रपथ विस्तारको काम सुरु हुने महशाखा प्रमुख श्रेष्ठले जानकारी दिए । 

सतप्रतिशत अनुदानमा विस्तार हुने यो सडक निर्माणको लागत भने अझै यकिन नभएको श्रेष्ठले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै