उत्तर कोरियाली नेता किमसँग भेट गर्न अमेरिकी राष्ट्रपति ट्रम्प सहमत

खरीबोट
ad

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आगामी मे मा भेट हुने भएको छ ।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकारसँग विहिबार ह्वाइटहाउसमा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प किमसँग भेट गर्न सहमत भएका हुन् ।

ह्वाइटहाउसका प्रेस सचिव सराह सान्डर्सले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति ट्रम्पले किमलाई भेट्न सहमति जनाएको उल्लेख गर्दै ठाउ र समय पछि तय हुने उल्लेख गरिएको छ । 

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै किमले दक्षिण कोरियाका प्रतिनिधिसँग परमाणु हतियार नष्ट गर्ने र थप परमाणु परीक्षण नगर्ने बताएर राम्रो सुरुवात गरेको बताउदै किमलाई भेट्ने तयारी भएको जानकारी दिएका छन् ।

दक्षिण कोरियाली प्रतिनिधिसँग उत्तर कोरियाली नेताले पठाएको राष्ट्रपति ट्रम्पसँग भेट्ने प्रस्तावलाई ट्रम्पले स्वीकार गरेर कोरियाली प्रायद्वीपमा देखिएको तनाव कम हुने संकेत देखा परेको छ ।

उत्तर कोरियाले परमाणु हतियार नष्ट गर्ने दिशामा आफ्नो काम अगाडी बढाए अमेरिका उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको संदेश ह्वाइटहाउसले दिएको छ ।

सिएनएनका अनुसार अमेरिकाले उत्तर कोरियामाथि बढाएको प्रेसरका कारण नै किम वार्ताका लागि तयार भएको अमेरिकाको बुझाइ रहेको उल्लेख गरेको छ ।     
 

सम्बन्धित समाचार

उत्तर कोरियाली नेता किम तीन महिनामा तेस्रो पटक चीन जाँदै

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाएको खबर छ । उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लागेका हुन् ।  सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले

एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने

सोल । दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् ।  आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही खेलहरुमा उनीहरुले संयुक्त टोली

भिडियो रेफरलले स्विडेनलाई जितायो, दक्षिण कोरिया १-० ले पराजित 

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समुह एफको स्विडेनले दक्षिण कोरियालाई पराजित गरेको छ । सोमबार भएको खेलमा स्विडेनले दक्षिण कोरीयालाई १-० गोल अन्तरले पराजित गरेको हो ।  पहिलो हाफ बिना कुनै

ट्रम्प र पुटिनबीच जुलाईमा भेटवार्ता हुनसक्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को आगामी जुलाई ११