• २०८१ बैशाख ८ शनिबार

खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते

kharibot

रुकुम ।  रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । 

रुकुम (पूर्व) भुमे गाउँपालिका–३ का १८ वर्षीय रवीन सुनारले विहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका –६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन् । 

उनीहरु तीनैजना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए । आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाइ छ । घाइतेको मेडिकल कलेज, कोहलपुर, बाँकेमा उपचार भइरहेको छ । 

खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै